निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा पाँच, डिजेल र मट्टीतेलमा दुई रुपौया मूल्य बढाएको हो । अब पेट्रोल १०१ र डिजेल ८७ रुपैयाँ पर्नेछ ।
इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाए पछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले बताएको छ ।
१६ असार २०७७, मंगलवार १८:२६ बजे प्रकाशित






























