अस्पताल र कोरोनापीडितलाई हरिप्रिया फाउन्डेसनको सहयोग
धनगढी, असार, १६ । हरिप्रिया–प्रकाश फाउन्डेसनमार्फत काँग्रेस युवानेता क्षितिज भण्डारीले राहत रामग्री वितरण गरेका छन् । धनगढी उपमहानगरपालिकाका मेयर नृप वडको प्रमुख आतिथ्यतामा सेती प्रादेशिक अस्पतालमा रहेका विरामीलाई प्रेसर कुकर, चाईनिज मास्क, जुस, सेनेटाइजर, साबुन, मन्जन, तेल, सर्फ, पाउरोटी, फलफुल, छाताहरु लगायत राहत दिइएको छ ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी वडले राहत सामग्री भण्डारी परिवारमार्फत कुनै चन्दा संकलन नगरेर बितरण गरिएकोप्रति खुशी व्यक्त गदर्दै सबैलाई सेवाको पुण्य कार्य गर्न आव्हान गरे । महिला नेत्री एवं साहित्यकार स्वर्गीय हरिपृया भण्डारी आफ्नो आमा सरहको राजनीतिक अभिवाकसमेत रहेको भन्दै मेयर वडले प्रसंशा गरे ।
बाढीपहिरो जाँदा कैलाली कांग्रेस र रेडक्रस मार्फत फाउन्डेसनले चार लाखको टेन्ट बितरण गरेको सम्झना गर्दै उनले नेतृ भण्डारीको स्मृतिमा वर्षेनि देशभर गरिने लाखौंको सहयोग र मायाको कोसेली बितरण कार्यले नगरवासी लाभान्वित भैरहेको बताए । मेयर वडकै बिशेष पहलमा निर्मित कोरोना अस्पतालमा राहत बितरण कार्यक्रम गर्दै बिरामीलाई मनोबैज्ञानिक डर हटाउँदै खुशी रहन फाउन्डेसनले काउन्सिलिङ्ग समेत गरेको युवानेता क्षितिज भण्डारी बताए ।
फाउन्डेसनले एक दिन अघि नै सार्वजनिक सूचना दिएर नेपालको जुनसुकै जिल्लाबाट सम्पर्क गर्ने कोरोना संक्रमितलाई आफन्तजन मार्फत फोटो नखिचिकन मङ्गलबार राहत सामग्री दिएको छ । राहत बितरणको अनुगमन र सल्लाहकारमा सञ्चारकर्मी प्रकाशबिक्रम शाह, युवानेता नृप सुनार, प्रीन्सिपल बिष्णु दौल्याल सहित सामग्री बुझ्ने स्वास्थ्यकर्मी र आवश्यक बाताबरण निर्माण गर्ने नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहलाई फाउन्डेसनको तर्फबाट अध्यक्ष प्रकाशनारायण भण्डारीले धन्यवाद दिए ।
भण्डारीले सोमबार मात्रै पत्रकार महासंघ कैलालीमार्फत पत्रकारलाई कोराना संक्रमणलाई लक्षित गरेर स्वास्थ्य तथा सौन्दर्य सम्बन्धी सामग्री वितरण गराएका थिए । भण्डारीले यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सुर्खेत र तनहुँ जिल्लाका विभिन्न स्थानमा बिपन्न समुदायलाई राहत सामग्री वितरण गरेका थिए ।
१६ असार २०७७, मंगलवार १४:०२ बजे प्रकाशित













