punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनमा फेरि फेला पर्‍यो महामारी फैलाउन सक्ने अर्को भाइरस

Chaupati
safha napa

काठमाडौं,१६ असार,सुरुवातमा चीनमा मात्र देखापरेको कोरोना भाइरसले हाल विश्वभरी आतंक मच्चाइरहेको छ । यहि बिच चिनमा फेरि अर्को नयाँ भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्।यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

सुँगुरमा पाइएको यो भाइरसले फ्लु गराउन सक्ने छ । जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्।यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्र रूपमा फैलिन सक्नेलगायतका सबै खालका सम्भावना देखिएको वैज्ञानिकले बताएका छन्।

नयाँ भाइरस भएकाले यसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भन्दै सचेत रहन वैज्ञानिकले चेतावनी दिएका छन्।


१६ असार २०७७, मंगलवार ०५:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु