punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलाको नौगाडमा पहिरो खस्दा बाबु छोराको मृत्यु , श्रीमती गम्भिर घाइते

Chaupati
safha napa

दार्चुला,असार १५। जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा गएको पहिरोले दुई जनाको ज्यान गएको छ । गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।

उनकी श्रीमती चनमति महता गम्भिर घाइते रहेको तथा उनलाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उनले बताए ।

यस्तै अन्य तीन जनाको घरमा समेत भएको उहाले बताए । सो क्षेत्रमा अहिले प्रहरी खटिएको छ । पहिरोले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।


१५ असार २०७७, सोमवार ०३:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु