punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार पाण्डेको कार दुर्घटनामा परी निधन

Chaupati
safha napa

काठमाडौं, असार १४ । बुटवलका पत्रकार कृष्ण पाण्डेको गएराति कार दुर्घटनामा परी निधन भएको छ।

बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परेर ३० वर्षीय पाण्डेको मृत्यु भएको हो।

उनी आफैले चलाएको कार सडक किनाराको फलामे बारमा एक्कासी ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा राति करिब १ बजे अस्पतालमा निधन भएको हो। 

पोष्टमार्टमका लागि शवलाई लुम्बिनी प्रादेशीक अस्पतालमा राखिएको छ। उनी न्युज २४ मा आबद्ध थिए । उनी गीतकारसमेत हुन् । 

उनको निधनमा गायक खरेलले फेसबुकमा लेख्दै पाण्डेलाई सम्झिएका छन्। उनले लेखेका छन्, ‘एउटा गीत गाएको थिएँ, उनी बुटवल बसेर न्युज २४ लगायतका मिडियामा संलग्न थिए, एक जुझारु पत्रकार गीतकार अनि प्रिय भाइ कृष्णबाबु पाण्डेको गए राति बुटवल–भैरहवा खण्डमा भएको सडक दुर्घटनामा परी असामयिक निधनले दुखी बनायो, वैकुण्ठमा वास होस्।’


१४ असार २०७७, आइतवार ०३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु