punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारी वर्षासहित चट्याङ पर्ने सम्भावना

Chaupati
safha napa

काठमाण्डौं, असार १४
आज देशका केही ठूलो पानीसहित चट्याङ पर्ने सम्भावना रहेक मौसमविदले बताएका छन् । 

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकाअनुसार आज देशभर नै सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जनसहित चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । 

यी क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् । 

आज राति प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


१४ असार २०७७, आइतवार ०२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु