punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाता बिवरण माग

Chaupati
safha napa

धनगढी, असार १२
सुदूरपश्चिम प्रदेशबाट दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिएर बिजेता बनेका खेलाडीहरुलाई पुरस्कार रकम दिन प्रदेश सरकारले खेलाडीहरुको बैंक खाता बिवरण माग गरेको छ ।
गत पुस १ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले मंसिर १५ देखि २४ गते सम्म नेपालमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो। कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले कार्यक्रम गरि परस्कार प्रदान गर्न सम्भव नभएपछि प्रदेश सरकारले पदक विजेता खेलाडीको बैंक खाताको विवरण मागेको हो ।

हाल कोभिड महामारीका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकाले सिधैं खेलाडीको बैंक खातामा रकम पठाउन विवरण माग गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको सूचनामा खेलाडीको नाममा रहेको बैंक खाता र खाता नम्बर, नागरिकता प्रमाणपत्रको प्रतिलिपी सो नभएमा स्थानीय तहको स्थायी बसोबासको व्यहोरा उल्लेख भएको सिफारिसपत्र, वैवाहिक कारणबाट प्रदेशको प्रतिनिधित्व गर्ने महिला खेलाडीको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी र खेलाडीको पदक प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी, सम्पर्कनम्बर सहितको विवरण सामाजिक विकास मन्त्रालयले माग गरेको छ । मन्त्रालयले असार २० गतेभित्र विवरण पेस गरिसक्नुपर्ने समयसीमा तोकेको छ ।


१२ असार २०७७, शुक्रवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु