punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा जीप दुर्घटना हुँदा १४ जना घाइते

Chaupati
safha napa

बाजुरा,असार १० । बाजुराको बुढीगंगा नगरपालिका फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। से १ ज १०१९ नं को जीप फालासैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ।


१० असार २०७७, बुधवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु