punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा बुधवार थप दुई सय ७२ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी,असार १० । सुदूरपश्चिममा बुधवार थप दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विर अस्पतालको प्रयोगशाला र धनगढी प्रयोगशाला मार्फत भएको परीक्षणमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढि संक्रमित फेला परेका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष सहित ८५ जना, कैलालीमा ९ महिला र ३९ पुरुष सहित ४८ जना, डोटीमा १० महिला र ३८ पुरुष गरी ४८ जना, अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

उनका अनुसार अछामका एक महिला र १३ पुरुष गरी थप १४ जनामा विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट कोरोना पुष्टि भएको छ।

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको छ।योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार पाँच सय ४९ पुगेको छ।


१० असार २०७७, बुधवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु