punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीसीआर मेसिन खरीदका लागि केएमसीद्धारा एक लाख सहयोग

Chaupati
safha napa

धनगढी,असार ६। कैलाली बहूमुखी क्याम्पसले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । प्राध्यापक र कर्मचारीको तर्फबाट संकलित सो रकम पब्लिक क्याम्पस प्राध्यापक संघ कैलाली बहुमुखी क्याम्पस एकाई समितिका सभापति डा. लोक बहादुर बिष्टले ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायललाई हस्तान्तरण गरेका हुन।

सुदूरपश्चिम प्रदेशको शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको कैलाली बहूमुखी क्याम्पसले सामाजिक कार्यमा पनि उत्तिकै योगदान दिइरहेको र यो सहयोग अझै महत्त्वपूर्ण भएको ह्युमानिटी फाउण्डेसन अध्यक्ष श्याम तायलले बताए ।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्वारा पीसीआर मेसिन खरिदका लागि सुरु गरिएको सहयोग सङ्कलन अभियानमा प्रदेशका विभिन्न संघ संस्था सँगै व्यापारी उद्योगी र नागरिकहरूले सहयोग गरिरहेका छन्।

सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन स्थापनाका लागि सहयोग सङ्कलन अभियान सञ्चालनमा रहेको छ ।


६ असार २०७७, शनिवार ०४:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु