punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराको गन्यापधुरा गाउँपालिका ‘सिल’

Chaupati
safha napa

डडेल्धुरा, ५ असार । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा एकैपटक धेरै कोरोना संक्रमित देखिएपछि गाउपालिका नै सिल गरिएको छ। बिहीबारदेखि असार १२ गतेसम्मका लागि गाउँपालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

उनले कोरोना संक्रमितहरु घर नबसी हिडडुल गर्न थालेपछि गाउपालिका नै सिल गर्नु परेको बताए । हिजो मात्रै गन्यापधुरामा ५८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकाले सिल गरिएको अवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरु, बैंकहरु र पसलहरुसमेत बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन गाउँपालिकाकावासीलाई आग्रह गरेको छ।

गाउपालिकामा नेपाल प्रहरी र शसस्त्र प्रहरी समेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए ।


५ असार २०७७, शुक्रवार ०५:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु