punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

धनगढी,असार ४ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका-४ का ४६ बर्षीय पुरूषको बुधबार साँझ मृत्यु भएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार भइरहेका ती पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबार नै उपचारका लागि काठमाडौँ लैजाने तयारी भएपनि एयर एम्बुलेन्स पाइएको थिएन ।

उनी बस मालिक हुन् । भारतबाट आएका नेपालीलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पुर्‍याउने क्रममा उनमा पनि संक्रमण सरेको पाइएको छ । उनी आफैं पनि बस चलाएर भारतबाट आएका नेपालीलाई सम्बन्धित स्थानमा पुर्‍याउने गर्थे।

यसअघि उनको धनगढीकै नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो । योसंगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ ।


४ असार २०७७, बिहीवार ०२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु