punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा दार्चुलाको छाङरु निरिक्षण

Chaupati
safha napa

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालको टोलीले दार्चुलामा स्थापना गरीएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षण गरेका छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्पको उनिहरुले निरिक्षण गरेका हुन् ।

प्रधानसेनापति थापा र महानिरीक्षक खनालको टोलीमा नेपाली सेना सुदूरपश्चिम पृतनापति उप रथी निर्मल कुमार थापा, सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरिक्षक हरी शंकर बुढाथोकी, नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी सहभागि थिए ।
सो टोलीले ब्यास घाँटी बगड इलाका सशस्त्र प्रहरीको बिओपी रहेको गागा क्षेत्रको निरिक्षण गरेका छन् ।

उनिहरु काठमाडौंबाट धनगढीसम्म चार्टर विमान र धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुला पुगेका हुन् । सशस्त्र प्रहरीको बिओपीभन्दा ३ किलोमिटर अीसम्म उनिहरुले सिमाको निरिक्षण गरेको नेपाली सेना श्रोतले जनाएको छ ।

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो। सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थिति र गतिविधि बढेसंगै नेपाली आकासमा भारतीय पक्षको हवाइ उडान रोकिएको छ । विगतमा नेपालतर्फ सीमामा राज्यको उपस्थिति कमजोर हुदा दैनिक भारतीय सेनाको हेलिकोप्टर नेपाली आकासमा उडान भर्ने गरेको थियो ।


३ असार २०७७, बुधवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु