punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गुल्मीका कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

गुल्मी , ३२ जेठ । गुल्मीमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।जिल्लाको धुर्कोट गाउँपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा। कविराज भुसालले जानकारी दिए ।

उनी २ जेठमा भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला १२ जेठमा उनमा कोरोना पुष्टि भएको थियो ।त्यसलगत्तै थप उपचारका लागि १३ जेठमा उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सका रोगी थिए ।

थप उपचारका लागि बुटबल लैजानुपर्ने भए पनि उनले अस्वीकार गरेको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित जंगलमा शव व्यवस्थापन गरेको छ । यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको हो।


३२ जेठ २०७७, आइतवार ०२:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु