punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आत्मदाह गरेका आउजीको परिवारलाई आर्थिक सहयोग र रोजगारी दिने घोषणा

Chaupati
safha napa

अछाम,जेठ २९। गर्दै आएको रोजगारी गुमेपछि सोमबार बिहानै अछामको बयलपाटा अस्पताल परिसरमा आफ्नै ज्यानमा आगो लगाएपछि ज्यान गुमाएका सिद्धार्थ आउजीको परिवारलाई सो अस्पताल चलाउँदै आएको न्याय हेल्थ, नेपालले आर्थिक सहयोग र रोजगारी दिने जनाएको छ।

संस्था अध्यक्ष सुरज वैधले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै न्याय हेल्थले योसँगै कर्मचारी कटौतीको निर्णय तत्कालका लागि फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन्।

विज्ञप्तिमा उसले अस्पताल संचालनका लागि अनुदान दिन तीनै तहका सरकार र अन्य सबैसँग आग्रह गरेको छ।

लकडाउनका कारण बढेको आर्थिक भार कम गर्न अस्पतालले आउजीसहित ३५ जना कर्मचारीलाई सेवा अवधि नथप्ने पत्र थमाएको थियो।


२९ जेठ २०७७, बिहीवार ०३:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु