punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यसरी हुँदैछ लकडाउन खुकुलो

Chaupati
safha napa

काठमाडौ, जेठ २९ । लामो लकडाउनका कारण दैनिक जनजिवन कष्टकर बनेपछि सरकारले लकडाउन खुकुलो बनाउने भएको छ ।
सरकारले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्नेक्रममा सोको आधिकारिक जानकारी गराएको हो ।

अब काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासनको मूल्यांकनअनुसार पसल व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । गृह मन्त्रालयले तयार गरेको सुरक्षा र स्वास्थ्य मन्त्रालयले तयार गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पसल व्यवसाय सञ्चालन गर्नुपर्नेछ ।

यातायातका साधनहरु ट्याक्सी, लामो रुटका गाडी, हवाईजहाजको सम्बन्धमा मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन । ‘अहिलेलाई निजी सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने, पसल ब्यवसाय सञ्चालन गर्न दिइने भनिएको छ । त्यसमा पनि आवश्यक मापदण्ड कायम गरीने छ ।’ मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने ।

आज सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री युवराज खतिवडाले पत्रकार सम्मेलन मार्फत आधिकारिक रुपमा कुन व्यवसाय कसरी खोल्ने, चलाउने र त्यसको मापदण्ड के हुने भन्ने जानकारी दिनेछन् ।

मन्त्रिपरिषद् बैठकले जोखिमको मात्रा धेरै भएका जिल्लाहरुमा त्यहाँको स्वास्थ्य अवस्था मूल्यांकन गरेर सम्बन्धित जिल्लाबाटै अतिरिक्त आदेश जारी गर्न सक्ने भनेको छ । भने, कम जोखिम र संक्रमितको संख्या थोरै भएका जिल्ला र स्थानहरुमा भने आन्तरिक गतिविधि खुकुलो हुने बताइएको छ ।

यी हुन् आजबाट खुल्ने सेवाहरु

१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२. औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४. फोहोरमैला व्यवस्थापन

५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८. कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९. उत्पादनशील उद्योग

१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११. विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२. निर्माण कार्य )निजीसमेत)

१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५. क्वारेन्टिनका लागि तोकिएका होटल

१६. बिजुलीका सामान बिक्री र मर्मत

१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८. पुस्तक पसल तथा स्टेसनरी

१९. सबै प्रकारका ढुवानी सेवा

२०. अत्यावश्यक सेवाका कार्यालय

२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५) प्रतिशत कर्मचारी रहने गरी


२९ जेठ २०७७, बिहीवार ०१:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु