punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कारको आरोपमा एक जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुर,जेठ २९। कञ्चनपुरको बेलौरी नगरपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बेलौरी नगरपालिका ७ का २५ वर्षीय युवक बिरु चौधरीलाई बालिका बलात्कारको आरोप लागेको प्रहरीले जनाएको छ ।

मध्यरातमा झ्यालबाट छिरेर बालिका सुतेको कोठामा गई बलात्कार गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय बेलौरीको टोली राति नै घटनास्थल पुगेको थियोे ।

बालिकाले रातिको समयमा आफूमाथि चौधरीले बलात्कार गरेको जिकिर गरेकी छिन् । घटनाको वास्तविक सत्य तथ्यबारे मेडिकलको तयारी भइरहेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । निज आरोपितलाई राति नै पक्राउ गरिएको प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।


२९ जेठ २०७७, बिहीवार ०८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु