रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या
काठमाडौं,जेठ २७ । रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजारस्थित एक भैसीर्फाममा ५ जनाको हत्या भएको हो।
हत्या भएका पाँच जना व्यक्ति भैसीर्फाममा काम गर्ने कामदार भएको प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले जानकारी दिए। उनका अनुसार गंगादेवी पशुर्फाममा काम गर्ने मध्यकै सुर्खेतका झपेन्द्र सिंजाली फरार रहेकाले हत्यामा उनको संलग्नता हुनसक्ने प्रहरीले जनाएको छ।
एसएसपी राजकुमार वैदवारको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको र टोलीले अनुसन्धान सुरु गरेको डिआइजी धानुकले जानकारी दिए।
२७ जेठ २०७७, मंगलवार ०२:१४ बजे प्रकाशित






























