punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

Chaupati
safha napa

काठमाडौं , जेठ १५ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट संसद्‌मा प्रस्तुत गरेका छन्।

चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। गत वर्ष सरकारले बजेट प्रस्तुत गर्दा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो।

सरकारले बजेटको आकार पनि घटाएको छ। कूल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रूपैयाँ चालु खर्च हुने छ। ३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ पूँजीगत खर्च हुने छ।

सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रूपैयाँ राजश्व संकलनबाट उठाउने छ। साथै, वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रूपैयाँ जुटाउने छ।

वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।

आन्तरिक ऋणको पैसा विकास खर्चमा लगाइने भएको छ। सरकारले बजेटको स्रोत व्यवस्थापनमा राजश्वबाट ८ खर्ब ८९ अर्ब रूपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रूपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रूपैयाँ उठाउने उनले जानकारी दिएका छन्।

अघिल्लो आर्थिक वर्षमा ९ खर्ब राजश्व उठाउने लक्ष्य सरकारले लिएको थियो। तर, सहज अवस्थामा पनि लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेपछि अर्थमन्त्रीले आगामी आर्थिक वर्षको लागि राजश्व संकलनको लक्ष्य नै घटाएका छन्।


१५ जेठ २०७७, बिहीवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु