गेटा मेडिकल कलेजलाई आगामी आर्थिक वर्षबाट सञ्चालनमा ल्याउने तयारी
धनगढी,जेठ १५ । कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजलाई आगामी आर्थिक वर्षबाटैनै सञ्चालनमा ल्याउने सरकारको तयारी छ।
बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७-७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट मेडिकल कलेज संचालनमा ल्याउने बताएका छन्।
१५ जेठ २०७७, बिहीवार १३:२१ बजे प्रकाशित































