punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा जातिय बिभेदका घटना सम्बोधनका लागि ११ सदस्यीय साझा संजाल गठन

Chaupati
safha napa

कैलाली जेठ १५ । बड्दो जातिय बिभेद र छुवाछूत जन्य घटनाहरुको संबोधन गर्ने उद्देश्यले धनगढीमा साझा संजाल गठन भएको छ ।समाजसेवी प्रेम बिसीको संयोजकत्वमा साझा संजाल गठन भएको हो ।

बिहिवार धनगढीमा सुदुरपश्चिम प्रदेश सभा सदस्य टेकबहादुर रैकाको प्रमुख आथित्यमा दलित समुदायका विभिन्न राजनैतिक दलका प्रतिनिधि ,बुद्धिजीवी , समाजसेवीहरुको उपस्थितिमा संजाल गठन गरिएको छ।

दलित समुदाय माथिका देशैभरी जुन तरिकाले घटना घटिरहेको छ त्यस्ता घटनाहरुलाई सम्बोधन गराउन, न्यायीक निकायलाइ दवाव दिन, र पिडितलाई न्याय दिलाउन प्रयास गर्ने उद्देश्यले संजाल गठन गरिएको नेपाल तरुण दलका केन्द्रिय महाधिवेशन प्रतिनिधि अमृत बिसीले बताए ।

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेम सम्बन्धका कारण घटेको घटनामा देशै भरिका दलित समुदायहरुले बिरोध जनाइरहेका छ्न भने विभेद बिरुद्द एकजुट हुन पनि थालेका छ्न । गणतन्त्र स्थापनाको १२औं बर्ष हुदा समेत दलित समुदायले जातिय बिभेदका घटनाहरु भोग्दै आउनु अन्तरजातीय प्रेम सम्बन्ध र बिवाहकै कारण ज्यान गुमाउनु दुखद रहेको उनिहरु बताएका छन ।


१५ जेठ २०७७, बिहीवार १४:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु