punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कपिलवस्तुमा थप चारजनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

काठमाडौं,जेठ ६ । कपिलवस्तुमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द नेपालीले आरडीटी किट परीक्षणमा पोजिटिभ देखिएकाहरुको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा मायादेवी गाउँपालिका-४ का ३ जना र वडा नम्बर ३ का एक जना पुरुष छन्।मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नम्बर ३ का २० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो।

भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा पुष्टि भएको हो।दुईसाता अघि भारतको मुम्बईबाट आएर उनीहरुलाई मायादेवी गाउँपालिकाको गौराआधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ।


६ जेठ २०७७, मंगलवार ०६:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु