punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

Chaupati
safha napa

बाँके,जेठ ४ । बाँकेको एक क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका बाँकेको नरैनापुरका २५ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।

बैशाख ३० गते भारतबाट आएका उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा राखिएको थियो।

ती युवकलाई शनिबार साँझदेखि ज्वरो आउनुका साथै पखाला लागेको र आइतबार बिहानै दुईपटक वान्ता पनि गरेका थिए। आइतबार विहान ६ बजेर ४० मिनेटमा उनको मृत्यु भएको प्रवक्ता डा. देवकोटाले बताए।

उनी क्वारेन्टिनमा आउने बेलादेखि नै बिरामी रहेको नरैनापुर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले बताए।

यसअघि बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको मृत्युको कारण पनि कोरोना रहेको शनिबार पुष्टि भएको थियो। ती महिलाको शनिबार राति अन्त्यष्टि गरिएको थियो।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ। नेपालमा अहिलसम्म कूल कोरोना संक्रमितको संख्या २९२ पुगेको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्केका छन्।


४ जेठ २०७७, आइतवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु