रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या २९१ पुग्यो
काठमाडौं,जेठ ४ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति निकाल्दै थप १० जनामा संक्रमण पुष्टि गरेको हो ।मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका १० जना पुरूषमा संक्रमण देखिएको छ ।
उनीहरू रौतहट राजपुर नगरपालिका फरदवा – ९ का ७ जना र इशनाथ नगरपालिका ३ र ५ का ३ जना हुन् । उनीहरु सबै अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
४ जेठ २०७७, आइतवार ०२:५० बजे प्रकाशित































