कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी

धनगढी,बैशाख २८ । कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी चलेको छ । आईतबार करिब साढे ३ बजेको समय देखि हावाहुरी चलिरहेको छ । पश्चिम तराईको मौसममा एकाएक बदली भएको छ । कालो बादलले आकाश छोपेपछि कैलाली, कञ्चनपुरसहितका जिल्लाहरुमा दिउँसै अन्धकार भएको छ। तीब्र हावाहुरीका कारण कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियो महाकालीको एण्टेना मास्ट टावरमा समेत क्षती गरेको छ ।

एक्कासी चलेको हावाहुरीपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिमी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसमविद राजु प्रधानांगले सुदूरपश्चिमबाट न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको र यो बिस्तारै पूर्वी क्षेत्रमा प्रवेश गरिरहेको जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो मेघगर्जन, चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरेको थियो ।


२८ वैशाख २०७७, आइतवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु