कञ्चनपुरको तिवारी मेडिकललाई पन्ध्र हजार जरिवाना
कञ्चनपुर,बैशाख २७ । कञ्चनपुरको एक मेडिकलाई जरिवाना तोकिएको छ । उपभोग्य म्याद समाप्त भएका औषधि बिक्रि गरिरहेको पाईएपछि कैलाली र कञ्चनपुरको संयुक्त बजार अनुगमनको टोलीले जिल्लाको भिमदत्त नगरपालिका ४ मा रहेको तिवारी मेडिकल मेडिकल लाई जरिवाना गराएको हो ।
उक्त मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम १५ हजार जरिवाना तोकिएको जनाएको छ ।कञ्चनपुर जिल्लामा रहेका ग्यास, पेट्रोल ,खाद्यान्न र औषधि पसल हरुको अनुगमन गर्दा सो मेडिकलमा म्याद समाप्त भएका औषधि भेटिएको थियो ।
त्यस्तै मास्क र औषधिको खरिद बिल माग गर्दा देखाउन नसकेकोले जरिवाना तोकिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताए । जरिवाना तोकिएको सात दिन भित्र सो रकम बुझाई सक्नुपर्ने जनाएको छ ।
२६ वैशाख २०७७, शुक्रवार १८:१९ बजे प्रकाशित













