धनगढीकी कोरोना संक्रमित डिस्चार्ज

धनगढी,बैशाख २६ । सुदूरपश्चिमकी पाचौँ कोरोना संक्रमितपनि अस्पतालबाट डिस्चार्ज भएकि छिन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप महानगरपालिका ५ की ३४ बर्षिय युवतीको लगातार दुई पटक सम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
३५ दिनदेखि सेती अस्पतालमा उपचारर महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन् । लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।


२६ वैशाख २०७७, शुक्रवार १२:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु