punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति भण्डारीसंग सामाजिक दुरी बिना संसद बैठकमा कोरोना नसर्ने आधार माग

Chaupati
safha napa

काठमाडौ, बैशाख, २३। नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले राष्ट्रपति विधादेवि भण्डारी लाई आमनेपाली नागरिकको तर्फबाट पत्र लख्दै कोरोना परिक्षण नगरेर अनि कुर्सी टासिंएर जोखिमपुर्ण संसदको बजेट अधिबेशन गर्नुको सट्टामा टुडिखेल वा सिहदरबारको मैदान झै खुला स्थानमा बजेट अधिबेशन गर्न अनुरोध गरेका छन् ।
नेबिसंघका पुर्ब कावा अध्यक्ष समेत रहेका नेता भण्डारीले राष्ट्रपति सहित सभामुख अग्नि सापकोटा, प्रधानमन्त्री केपि शर्मा ओलि र कांग्रेस सभापति शेर बहादुर देउवा लगायत प्रतिपक्षी दललाई बोदार्थ दिदै प्रश्न गरेका छ्न् – कि लक डाउन उल्लंघन र कोरोना बारे नागरिक र सांसदहरु बिच फरकफरक मापदण्ड हो र ? नत्र कसरी थर्मल गनले तापक्रम नाप्दै, साबुनपानीले हात धोएर, टेबुलमा सेनेटाईजर राखेर र माईकमा स्प्रे जस्ता हास्यास्पद काम गरेर संसदमा कुर्सी जोडि सामाजिक दुरि ६ फिट बगैर बैठक गरिदैछ? नेता भण्डारीले भने त्यस्तो हो भने भारतीय सिमानाबाट अवैध संक्रमित घुसपैठलाई रोक्दै अब सबै जोन मा होटेल- रेष्टुरेन्ट, शिक्षण संस्था, बैक, बजार र गाडीहरू पनि सोहि पद्धतिमा अझै ६ फिट दुरि अपनाएर खोल्न किन हुँदैन सरकार? भनेर व्यंग्य समेत गरेका छन् ।

वहाँको भनाईमा बजेट अधिबेशनमा सासद, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरेर हजार जनाको भिडभाडले ठुलै कोरोना जोखिम निम्तिन सक्ने बैज्ञानिक आधार छन् ।युवानेता भण्डारीले गरिबहरु सिमाना मै महिनौं दिन रोकिने? हप्तौं राजमार्ग मा हिडेर घर फर्कन नपाउने? अस्पतालमा इमर्जेन्सी बाहेक अरु सेवा नपाउने तर हुनेखाने फुत्त फुत्त गाडीमा हुकिने हो भने यो त ठुलालाई चैन र सानालाई ऎन हुने बताउँछन । भण्डारीले नेपाली नागरिकको संविधानप्रद्धत समानता हक समेत यो बलमिच्चाईके कुण्ठित भएको दाबी गर्दै भोलि यहि शैलीमा प्रदेश, नगर र गाउँ ले बजेट अधिबेशन गर्न थालेमा कोरोनालाई कसले रोक्छ भनेर प्रतिप्रश्न समेत गर्दै सच्चाउन माग गरेका छन् ।


२३ वैशाख २०७७, मंगलवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु