punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रिमतको संख्या ८२ पुग्यो

Chaupati
safha napa

नेपालगञ्ज ,बैशाख २३ । नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो।

नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ।

नेपालगञ्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन्।

नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ।

हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो।


२३ वैशाख २०७७, मंगलवार ०२:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु