लकडाउन खुकुलो बनाउन माग

धनगढी,बैशाख २१ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागी देश लकडाउन भएको ४० दिन बितेको छ । शुरुमा सुदूरपश्चिम केन्द्रित भएको कोरोना भाइरस हाल देशका अन्य जिल्लामा बढिरहेपनि २१ दिनयता सुदूरपश्चिममा नयाँ संक्रमित फेला परेका छैनन् ।२१ दिनसम्म नयाँ संक्रमित नदेखिएपछि यस क्षेत्रमा लकडाउन केही खुकुलो बनाउनुपर्ने आवाज उठ्न थालेका छन् । किराना पसल, उधोगधन्दा, कलकारखाना, निर्माण कार्य लगायत आवश्यक कामका लागी सुरक्षा अपनाउँदै केही खुकुलो पार्नुपर्ने यस क्षेत्रका नागरिकको माग छ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका गरी ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सो मध्ये हालसम्म ४ जना निको भएर घर फर्किसकेका छन्, भने एकजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बैसाख १ गते कोरोना संक्रमण देखिएकी लम्कीचुहा नगरपालिकाकी बृद्धापनि कोरोनाबाट मुक्ती पाएर घर फर्किसकेकी छिन् । त्यसयता हालसम्म प्रदेशमा कोरोना संक्रमण देखिएको छैन । लकडाउनको ४० दिन बितिसक्दा नागरिकको जनजिबन भने प्रभाबित भएको छ । दैनिक छाक टार्न समस्या पर्नुका साथै बैकंमा जम्मा गरेकाृ पैँसा लिन समेत समस्या परेको नागरिकहरुले बताएका छन् । सिमानाकामा कडाई गरेर आवश्यक बिषयका लागी ब्याक्तिगत सुरक्षा अपनाउँदै लकडाउन केही खुकुलो बनाउन धनगढीका नागरिकहरुले माग गरेका छन् । धनगढीका धन बहादूर सिवाकोटीले अति आवश्यक समान खरिद संगै निर्माणका काम पुर्ण रुपमा खोल्नुपर्ने बताएका छन् । उनले भने ‘सिमा नाकामा थप कडाई गर्नुपर्छ, हरेक जिल्लाका सिमानामा कडाई गर्नुपर्छ र सुदूरपश्चिममा लकडाउन खुकुलो पार्नुपर्छ’ ।

यहाँ नागरिकको जनजिबन अस्तब्यस्त भइसकेको छ धनगढीकै धन बहादूर सिवाकोटीले भने ‘खाद्यान्नका लागी बजार जान पाइदैन, पैँसा झिक्न बैकं जान पाइदैन कसरी जिबन धान्ने’ । यसलाई खुकुलो पारेर सामाजिक दुरी कायम गराउने तर्फ जोड दिनुपर्ने उनको भनाई छ ।

लकडाउन भएको ४० दिन पुगिसक्दासम्म ब्यवसायीहरुपनि समस्यामा परेका छन् । ब्यवसाय पुर्ण रुपमा ठप्प हुँदा ब्यवसायमा धेरै नोक्सानी पुगेकाले लकडाउन केही खुकुलो पानुपर्ने उनिहरुको भनाई छ । सिमा नाकामा थप कडाई गर्दै हरेक जिल्लाका सिमानामा समेत कडाई गरी लकडाउन खुकुलो पार्नुपर्ने किराना ब्यवसायी संघ कैलालीका अध्यक्ष लक्ष्मण पन्तको भनाई छ ।

खाद्यान्न उधोग तथा तरकारी बिक्रि वितरणमा पुर्ण रोक नलगाइएको प्रशासनले जनाएको छ । हाटबजार बन्द गरिएपनि सामान्य किसिमले तरकारी खरिद बिक्रि भइरहेको प्रशासनले जनाएको छ । साथै खाद्यान्न उधोगपनि सञ्चालनमै रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । लकडाउन खुकुलो गृह मन्त्रालयको निर्देशन मात्रै हुने प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

लकडाउनले सबै क्षेत्रमा प्रभाव परेकाले लकडाउन खुकुलो पारी केही काम शुरु गरे आर्थिक चलायमानपनि हुने अपेक्षा लिइएको छ । चरणबद्ध रुपमा लकडाउन खुलाउनका लागी पहिलो चरणमा अति आवश्यक बिषय सञ्चालनमा ध्यान दिनुपर्ने नागरिकको भनाई छ ।


२१ वैशाख २०७७, आइतवार १५:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु