पुर्व प्रहरी हवल्दारले गरे बलात्कारको प्रयास
कञ्चनपुर, बैशाख २१ । प्रहरीका एक अवकाश प्राप्त हवल्दारले एक महिलालाई बलात्कारको प्रयास गरेका छन् । बिहीबार राती करिव ११ बजेतिर हावाहुरी आएर बत्ती गएको समयमा ब्रम्हदेवमा बस्दै आएकी दलित महिलामाथी बलात्कारको प्रयास भएको । पूर्व प्रहरी हवल्दार समेत रहेका ब्रम्हदेव नै बसोबास गर्ने रण कुँवरले महिलाको घरमा नग्न अवस्थामा गएर बलात्कारको प्रयास गरेका हुन् ।
‘राती हावाहुरीपछि बत्ती गएको थियो । अध्यारो थियो । म बच्चाहरुसंग सुतिरहेकी थिएँ । त्यही समयमा दुई जना मानिसले ढोका खोल, मलाई सुत्न दे भन्दै गालीगलौच गर्न थाले । को रहेछन् भनि ढोका खोल्दा नग्न अवस्थाको रण कुँवर मलाइ हात पात गर्न थाल्यो’ महिलाले मर्निङ् बेलसंग भनिन्, ‘एक जना आगनमा थियो । रणले बलात्कार गर्ने हेर्तुले मलाई हातपात र गालीगलौज गर्यो ।’
२१ वैशाख २०७७, आइतवार १५:३८ बजे प्रकाशित













