सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्धारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

धनगढी,बैशाख १९ । आज १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो गौरवशाली दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकको सुस्वास्थ र प्रगतिको अपेक्षासहित शुभकामना व्यक्त गरेका छन्। विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ, यतिबेला संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको छ ।

सन्देशमा भनिएको छ, दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने सुदूरपश्चिमेली श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न प्रदेश सरकार लागिपरेको अवगत गराउँदै अहिलेको विसम परिस्थितीमा यो दिवशले सबैको सामुहिक सहकार्य र एकतावाट पार लाग्ने प्रेरणा मिलोस् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठघण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात् मई १ मा विश्वभर अन्तरराष्ट्रिय मजदुर दिवस मनाइन्छ।


१९ वैशाख २०७७, शुक्रवार ०५:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु