अछामका चौरपाटी गाउँपालिकाका अध्यक्षद्वारा भारतमा अलपत्र नेपालीलाई खाद्यान्न सहयोग

अछाम,बैशाख १६। जिल्लाको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले भारतमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गरेका छन् ।विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा लागि गरिएको लकडाउनका कारण भारतको मुम्बईमा अलपत्र परेका गाउँपालिकाका नागरिकहरुलाई अध्यक्ष साउँदले एक लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।

आफ्नो व्यक्तीगत खर्चबाट अलपत्र ५८ जनाका लागि सहयोग रकम पठाएको उनले बताए । उनले कानुनी रुपमा गाउँपालिकाबाट बजेट पठाउन नमिल्ने हुँदा अझै हातेमालो गरेर त्यहाँ अलपत्र परेकालाई सहयोग गरेको उनले बताए ।

स्थानीय मानबहादुर साउँद, प्रेम खड्का र करन साउँदमार्फत सहयोग हस्तान्तरण गरेको उनले बताए । उनले गाउँपालिकाका नागरिकहरु भारतमा लकडाउनका कारण अलपत्र परेको भन्ने खबर पाएपछि आफुले व्यक्तिगत रुपमा एक लाख रुपैँया सहयोग गरेको बताए ।

उक्त रकमबाट चामल, दाल, तेल, नुन लगायतका अत्यावश्यक खाद्यान्न सहयोग गरको अध्यक्ष साउँदले जानकारी दिए । लकडाउनका कारण भारतमा रहेका होटलहरु बन्द भएपछि कतिपय गाउपालिकाका नागरिकहरु अलपत्र परेका छन ।

उनले अझै पनि अन्य नागरिकहरु अलपत्र परेको भन्ने खबर पाएपछि समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


१६ वैशाख २०७७, मंगलवार १५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु