punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारले रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीसँग स्पष्टीकरण माग्यो

Chaupati
safha napa

काठमाडौं,बैशाख १६ । सञ्चार सूचना प्रविधि मन्त्रालयले रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण मागेको छ । मन्त्रालयले मंगलबार कार्कीको नाममा एक पत्र लेख्दै ३ वटा गम्भीर विषयप्रति स्पष्ट पार्न भन्दै सात दिनभित्र स्पष्टीकरण दिन अनुरोध गरेको हो ।

कार्कीले रेडियो नेपालका कार्यकारी निर्देशकको हैसियतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवसँग गरेका कार्यसम्पादन सम्झौतामा उल्लेखित सूचकाँकहरुमा सन्तोषजनक प्रगति हुन नसक्नुका कारणहरु र रेडियो नेपालको वार्षिक कार्यक्रमहरु सम्पन्न गर्न नसकेको विषय लगायतका बुँदाहरुमा कार्कीलाई स्पष्टीकरण दिन अनुरोध गरेको छ ।

त्यस्तै हिजो, नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रमका अतिथि बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै राखेका विचारबारे तीन दिनभित्र स्पष्टिकरण बुझाउन समेथ मन्त्रालयले कार्कीलाई पत्र पठाएको छ।


१६ वैशाख २०७७, मंगलवार ११:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु