कविता : नारी
अत्तरको तन्ना लगाएर
ब्यालेन्सको शिरानिमा
सुगन्धको रागले लठ्ठीएर
निद्रा खोज्दै गरेको
ए जिन्दगी !!
मैले प्रेम लेख्न नहुने
मैले माया गाउन नहुने
फरक छ तिम्ले र मैले फेर्ने स्वास?
सुकिलो भएर बुट्टे सारीमा सजिदा
अगेनाको भुंग्रो झै
किन पोल्छ्न तिम्रा मन भतभति?
फुलेका केश दारी जुंगा रंगाएर
चौबाटोमा पुर्बतिर
निलमायाको प्रतीक्षा गर्दै
सेता मिलेका दातका पंक्ति
भुतुक्कै पार्ने मुस्कानमा लट्ठिदै
सौन्दर्यको गजल र मुक्तक लेख्छौ
मैले दुई अक्षर प्रेम लेख्दा
टोलभरी नियतको वकालत गर्छौ रे
तिम्ले नाकले सुघ्छौ
र मैले मुखले
यस्तै फरक हो तिमी र ममा?
छिमेकीको बंगैचामा गुलाबहरुका बखान गर्दै
चौतारीमा माईला घरे रिट्ठेसंग दंग पर्छौ रे
मैले चाही चाहना रहर र ईच्छालाई हसियाले तिखो
धार लाउदै ताछ्च्नु सकेजती?
सायदै ऎनाले एम आर आइ गरिरहेछ
तिमीले लगाएको लाल्छनाको
तर पनि देखाउन सक्दैन मेरो पिडा।
भोको अजिङ्गरले मृग निले झैँ
मलाई पनि तनावको आतंकले किन निल्दैन
विभेदको युद्धमा लडिरहेकि म
तिमी जति भाला छुरा रोप
गतिहीन समयको उर्दी विरुद्ध
फ्रेम भित्र उभिएर ।
सतमार्गमा बिश्वासको फराकिलो आकशमा
रिस र विभेदमा मपाइ गर्ने तिमी
विरुद्ध विचारको युद्ध लड्न मैले छोड्ने छैन
तिमी जति होच्याउ गिराउ
आक्रोश पिउ पुरुष !!
म शान्त हुँदै पानी पिउछु
हार स्विकार्य छैन
म नारी लडिरहने छु एउटा युद्ध
मेरो यो युद्ध विभेद विरुद्ध ।
अर्पणा केसी
२५ फागुन २०७६, आइतवार ०९:३४ बजे प्रकाशित