अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीमा कोरोना संक्रमण

अस्ट्रेलिया : करिब दुई साताअघि नेपालबाट बिदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमित पाइएको छ । अस्ट्रेलियाको तास्मानिया स्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् ।

उनी नेपालबाट आएको यहाँ स्थित स्वास्थ्य विभागले उल्लेख गरेको भए पनि उनको परिचय खुलाएको छैन भने नेपाली नागरिक भनेर समेत उल्लेख गरिएको छैन ।

नाम गोप्य राखिएको ती युवाले फ्लुको लक्षण देखिएपछि अस्पतालमा सम्पर्क गरेका र उनलाई शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गरिएको थियो । जाँचपश्चात् शनिबार उनलाई कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको थियो ।


२५ फागुन २०७६, आइतवार ०८:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु