धनगढीमा पनि मनाईयो अन्तर्राष्ट्रिय नारी दिवस (फोटो फिचर)

११० औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।महिला रोकिए सँसार रोकिन्छ भन्ने मुल नाराका साथ धनगढीमा पनि महिला अधिकारीकर्मीहरुले अन्तर्राष्ट्रिय महिला दिवस मनाएका हुन ।
२५ फागुन २०७६, आइतवार ०९:५८ बजे प्रकाशित