पुनर्वास मेयर कप फुटबल प्रतियोगिता माघ २५ गतेदेखि

पुनर्वास,१४ माघ ।

पुनर्वास नगरपालिकाले प्रथम मेयर कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नगर खेलकुदको आयोजना तथा नगरपालिकाको संयोजनमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा कञ्चनपुरका सबै स्थानीय तहको सहभागी रहने नगरपालीकाले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

माघ २५ देखि हुने प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख रुपैयाँ पाउनेछन् । त्यस्तैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउदा बेस्ट स्कोररले ७ हजार र उत्कृष्ट गोल रक्षक, उदियमान खेलाडी र उत्कृष्ट डिफेन्डरले जनही ५/५ हजार रुपैयाँ पाउनेछन् ।खेल फिफाको नियमअनुसार नकआउट विधिबाट खेलाइने नगर खेलकुदले जनाएको छ ।


१४ माघ २०७६, मंगलवार ०६:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु