माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला

धनगढी : माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्। दाङको घोराहीकी २३ बर्षीया स्टाफ नर्स देविका श्रेष्ठ सोमवार मृत फेला परेकी हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित डेरामा मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । श्रेष्ठले १५ महिना अघि भारतीय नागरिक बिक्की अग्रवालसंग विवाह गरेको खुलेको छ ।


१४ माघ २०७६, मंगलवार ०६:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु