श्रीमतीले नगद पैसा र गरगहना लिएर फरार भए पछि रब्बा तामाङको बिचल्ली

पुनर्वास, माघ १४ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका ३ रामबस्तीका रब्बा तामाङ बिचल्लीमा परेका छन् ।श्रीमतीले नगद पैसा र गरगहना लिएर फरार भए पछि अहिले तामाङको परिवार बिचल्लीमा परेको छ ।

माघ ११ गते शनिवार ल्होसार कार्यक्रममा जाँदै छु भनी घरबाट निस्केकी रब्बा तामाङकी श्रीमती विमला तामाङ फरार भएकी हुन।विमलाले विभिन्न लघुबित्त संस्थाहरू बाट र छिमेकीहरू बाट गरी १९ लाख पचास हजार रकम ऋण लिएर श्रीमती फरार भएको उनका श्रीमान् रब्बा तामाङले बताए ।

श्रीमती फरार भएपछि रब्बाका १४ बर्सिया छोरी र ११ वर्षीय छोरा बिचल्लीमा परेका हुन । फरार श्रीमतीको खोजी गरी दिन सम्पूर्णलाई उनले अनुरोध समेत गरेका हुन ।

श्रीमती नगद पैसा र गरगहना सहित फरार भए पछि आफू आर्थिक भार खेप्नु परेको रब्बा तामाङले दुखेसो पोखे ।एकातिर स्वास्नी भागेको पीडा अर्कोतिर साहु घरमा आउँछनकी भन्ने पीडा रब्बा तामाङलाई परेको छ । फरार विमलाका श्रीमान् तामाङ नेपाली सेनामा कार्यरत छन् ।


१४ माघ २०७६, मंगलवार ०५:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु