punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिका आफ्नै प्राविधिक शिक्षालय संचलन गर्दै

Chaupati
safha napa


धनगढी, ८ कार्तिक ।
सुदूरपश्चिम प्रदेशको एकमात्रै उप–महानगरपालिका धनगढी उपमहानगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय संचालन गर्ने भएको छ । प्राविधीक शिक्षा संचालन गर्ने स्वीकृती पाएसंगै यसै शैक्षिक सत्रबाट पठन पाठनको तयारी गरिएको उप–महानगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्राविधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी) संगको साझेदारीमा उप–महानगरपालिकाले सरकारी स्तरको ‘धनगढी पोलिटेक्नीकल ईन्सच्यूट’ नामक प्राविधिक शिक्षालय संचालन गर्न लागेको धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले जानकारी दिए । उनले कम शुल्कमा विद्यार्थीहरुलाई पठनपाठनको ब्यबस्था मिलाईएको समेत जानकारी दिए । 
विद्यार्थीले १ लाख ९० हजार रुपैयामा नै डिप्लोमातह सम्मको पढाई पुरा गर्ने भन्दै पहिलो चरणमा डिप्लोमा तह होटल ब्यबस्थापन र अटो मोवाईल ईन्जीनियरिङको पढाई हुने मेयर वडले बताए । 

आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका उपत्यका बाहिरको पहिलो स्थानीयतह हो । यस अघि भक्तपुरले ख्वपः ईन्जिनियरिङ कलेज संचालनमा ल्याएको थियो ।

‘धनगढी पोलिटेक्नीकल ईन्सच्यूट’ संग अहिले होटल ब्यबस्थापन तर्फ ४० र अटोमोवाईल ईन्जीनियरिङ तर्फ ४८ कोटा रहेको छ । नगरप्रमुख वडका अनुसार अटोमोवाईल ईन्जीनियरिङ धनगढी उप–महानगरपालिकाको १९ वटै वडाको लागि १ ÷१ वटा कोटा निर्धारण गरिएको छ । त्यसैगरी यस प्रदेशका ९ वटै जिल्ला लागि १÷१ वटा कोटा निर्धारण गरिएको छ । खुला तर्फ १९ जनाको कोटा छ भने १ कोटा नगरपालिकाको रहेको छ । होटल ब्यबस्थापन तर्फ पनि अटोमोवाईल ईन्जीनियरिङ जस्तै कोटा निर्धारण गरिएको भएपनि ४० मात्रै कोटा भएकाले खु्लातर्फ ११ जनाको कोटा निर्धारण गरिएको मेयर वडले जानकारी दिए । 
विद्यार्थी भर्ना आवेदन खुला भैसकेको बताउदै धनगढी उप–महानगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु कोईरालाले प्राविधकि शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी) को प्रवेश परिक्षा उत्तिर्ण गरेकाले स्वतःभर्ना पाउने भएपनि नयाँले पुनः भर्ना परीक्षामा सहभागि हुनुपर्ने बताए । आवेदन भर्ने समय कार्तिक १७ गते सम्म रहेको बताउदै शिक्षा महाशाखा प्रमुख कोईरालाले शनिवार र विदाको समयमा पनि धनगढी उप–महानगरपालिकाले आवेदन बुझ्ने जानकारी दिए ।


८ कात्तिक २०७६, शुक्रवार १०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु