कविता

ना १ त ६४७२
✍️बलराम तिमील्सिना

चुनावको अघिल्लो दिन
वम विष्फोट
घाइतेको चित्कार
वेहोस बनाउँने सुई
बोरामा प्याक

ना १ त ६४७२ मा लोड !

ना १ त ६४७२
अर्थात
आफ्नै मतदाताहरूलाई
जिउँदै चितातिर ओसार्ने बाहन
लोकतन्त्रको अव्वल उदाहरण !

बाह्र वर्षसम्म
लोकतन्त्रले छोपेको
एउटा त्रासदीको रहस्य
एउटा क्रुरतम दिनको छत्रभङ्ग !

न राणा शासन
न पञ्चायत
न प्रत्यक्ष राजतन्त्र
न सैनिक शासन
न शङ्कट काल
लोकतन्त्रको विहानी
निर्वाचनको उल्लास
भाग्दै गरेको घाइते
छेक्दै गरेका जल्लादहरू
प्रहरीको स्कर्टिङ
राज्यको भव्य सुरक्षा
ना १ त ६४७२ को यात्रा
गाउँदेखि इट्टाभट्टासम्म !

धुवाँको मुस्लो
जलिरहेका लासहरूको गन्ध
गाउँभरी मृत्युको गस्ती
हावामा
पानीमा
जमीनमा
सवैतिर मृत्यु नै मृत्यु !

बाह्र वर्ष अघिको
क्रुर इतिहासको मौन साँक्षी
ना १ त ६४७२

भक्तपुर


७ कात्तिक २०७६, बिहीवार १३:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु