राष्ट्रपति द्वारा सातै प्रदेशका प्रमुखहरुलाइ पद मुक्त

काठमाडौं : राष्ट्रपति बिद्या देवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाइ पद मुक्त गरेकी छिन । राष्ट्रपति कार्यालयले आइतवार साझ एक बिज्ञप्ति मार्फत प्रदेश प्रमुखहरुलाइ पद मुक्त गराइएको जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको जानकारी गराएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् । ‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ ७ १७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।


१७ कात्तिक २०७६, आइतवार १२:३९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु