punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिला भएकै कारण पत्रकारिता पेशा बाट पत्रकार महिलाहरु पलायन हुनु पर्यो

Chaupati
safha napa

धनगढी, ६ कार्तिक । महिला भए कै कारणले पत्रकार महिलाहरुलाई गरिने बिभेदका कारण पत्रकारिता पेसाबाट पत्रकार महिलाहरु पलायन हुनुपर्ने बाध्यता रहेका सुदूरपश्चिम प्रदेशका पत्रकार महिलाहरुले बताएका छन् ।

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) काठमाडौंले आयोजना गरेको ‘नेतृत्व तहमा पत्रकार महिलालाई पुर्याउन कसको भूमिका के ?’ विषयक प्रदेशस्तरीय छलफल कार्यक्रममा पत्रकार महिलाहरुले सो कुरा बताएका छन् । 

कार्यक्रममा सुन्दराञ्चल दैनिककी सम्पादक भावना जोशीले पितृसत्तात्मक साेंच, गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक ज्ञानको कमी, पारिवारिक जिम्मेवारी, संस्था तथा संगठनले महिलाको नेतृत्व स्वीकार नगर्नु जस्ता कारणले महिला नेतृत्व तहमा पुग्न नसकेको बताइन् । समयसंगै महिला र पुरुषको काममा केहि समानता देखिएपनि व्यवहारिक रुपमा विभेद कायमै रहेको उनको भनाइ थियो । 
त्यस्तै तालिम, पदको जिम्मेवारी, राजनीतिक हस्तक्षेप, समावेशी कोटामा मात्र महिलालाई स्वीकार गर्नु तर, अन्यपदमा महिलालाई स्वीकार नगर्नु, महिलाको क्षमता स्वीकार नगुर्न जस्ता कारणले महिला पत्रकार पछि परेको पत्रकार जमुना न्यूरेको भनाइ छ । 
निर्णायक तहमा महिला पत्रकारलाई पुर्याउन नीतिगत पहल, शिक्षामा जोड, प्राविधिक ज्ञानको विकास, क्षमता अनुसार अवसर प्रदान गर्नु, जस्ता पहल गरिनु पर्ने दिनेश एफएमका स्टेशन म्यानेजर अमिता कुँवरले बताइन् । 

त्यसैगरी अछामका पत्रकार मेनुका ढुंगानाले महिलाको नेतृत्व स्वीकार नगरेको बताइन् । पत्रकार महासंघमा महिला पत्रकारलाई प्रमुख पदमा अहिलेसम्म अवसर पाउन नसकेको उनको जिकिर थियो । महिला पत्रकारहरुको चरित्र हत्यादेखि महिलाको क्षमता स्वीकार नगर्ने समाजमा हुर्किएका हुनाले अब महिलाले आफ्नो लागि अरुले अवसर देला भन्दा पनि आफ्नो अधिकार खोस्ने समय आएकोमा उनले जोड दिइन् । 
कार्यक्रममा क्रियाशील पत्रकार महिला केन्द्रका पदाधिकारी रुकमणि पोखरेल, रमिता लामा र रामकला खड्काको उपस्थिति रहेको थियो ।


७ कात्तिक २०७६, बिहीवार ०३:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु