punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम फुटबल संघको नयाँ तदर्थ समिति चयन

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश फुटबल संघको नयाँ तदर्थ समिति चयन गरिएको छ । कैलाली र कञ्चनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा प्रदेश फुटबल संघको नयाँ तदर्थ समिति चयन भएको हो।

संघको अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जानकारी दिएको छ। कञ्चनपुरको महेन्द्रनगरमा आज भएको भेलाले संघको उपाध्यक्षद्वयमा राघवेन्द्र कार्की (कैलाली) र तेजबहादुर चन्द (कञ्चनपुर)लाई चयन गरेको छ ।

त्यस्तै, महासचिवमा अमृत शाह (कञ्चनपुर), कोषाध्यक्ष शंकर श्रेष्ठ (कैलाली), महिला सदस्यमा डम्मरी(रक्षा) महरा (कञ्चनपुर) र सदस्यहरूमा हेमकृष्ण रंजितकार (कैलाली), लालमन तामाङ (कञ्चनपुर), नृप बुढा (कैलाली), नितेश रावल (कञ्चनपुर), गोपाल चौधरी (कैलाली), दिनेश मल्ल (कञ्चनपुर) र दिनेश बोगटी (कञ्चनपुर) चयन गरिएको एन्फाका केन्द्रीय सदस्य प्रदेशसिंह राठौरले जानकारी दिए।

एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ्ग सेर्पाको प्रमुख आतिथ्यमा प्रदेश फुटबल संघको गठन भएको हो। कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाह र गणेश चन्दलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।


२७ असोज २०७७, मंगलवार १५:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु