punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नाडाको सुदूरपश्चिम प्रदेश समिति गठन

Chaupati
safha napa

सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसन (साडा) को तदर्थ समिति गठन गरिएको छ।  नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन ९नाडा० को छाता संगठनको रूपमा साडा गठन गरिएको हो।

नाडाका संगठन विस्तार समितिका सभापति तथा पूर्वउपाध्यक्ष प्रकाश कपुरीको अध्यक्षता र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको प्रमुख आतिथ्यमा साडा सुदूरपश्चिम समिति बनाइएको छ।

नवगठित समितिको अध्यक्षमा उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्षत्रय साहनवाज आलम, परशुराम चपाईं, गौरव अग्रवाल, महासचिव श्याम जोशी, सचिव प्रदिप जोशी, कोषाध्यक्ष अभियान खड्का चयन भएका छन्।

सदस्यहरूमा मसकुर अहमद, श्याम ओझा, प्रेम साउद, राजीब हमाल, महेन्द्र सिंह, समुन्द्र भण्डारी र भुवन भट्ट चयन भएका छन्। यसैगरी सल्लाहकार सदस्यमा नविन जोशी, राजेश भण्डारी र राकेश कर्माचार्यलाई चयन गरिएको छ।


२७ असोज २०७७, मंगलवार ११:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु