कञ्चनपुरमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला
कञ्चनपुरमा दुई जना मृत फेला परेका छन्। जिल्लाको कृष्णपुरन नगरपालिका र महाकाली नगरपालिकामा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय रमेश राना र महाकाली नगरपालिका वडा नम्बर १ को पशुपति टोलकी ३५ वर्षकै तुलसीदेवी सुनार मृत भेटिएको बताए।
रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ भने सुनारको शव परीक्षणपछि आफन्तले बुझेका छन्। उनीहरु दुवै जना झुण्डिएको अवस्थामा मृत भेटिएको र घटनाबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२५ असोज २०७७, आइतवार १२:०५ बजे प्रकाशित































