कैलालीमा ११ वर्षीया बालिका बुवाबाटै बलात्कृत !
कैलालीमा बुवाबाटै ११ वर्षीया छोरी बलात्कृत भएको प्रहरीमा उजुरी परेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ मा ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको हो।
बुवाले छोरीमाथि जबरजस्तीकरणी गरेको दाबीसहित जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
गत शनिबार राति छोरीमाथि बुवाले जबरजस्तीकरणी गरेको भन्दै उजुरी परेको प्रहरी नायब उपरिक्षक विष्टले जानकारी दिए । उनकाअनुसार आइतबारदेखि नै उनी फरार रहेको र खोजी कार्य भइरहेको छ ।
२२ असोज २०७७, बिहीवार १४:२२ बजे प्रकाशित













