रिया चक्रवर्तीलाई थप १४ दिन जेलमै राख्न आदेश
बलिउड अभिनेत्री रिया चक्रवर्ती थप १४ दिन जेलमै अदालतले आदेश दिएको छ । ड्रग्स केसमा गिरफ्तार भएकी रियालाई बम्बे हाईकोर्टले फेरि १४ दिनका लागि फैसला सुनाएको हो ।
बम्बे कोर्टले २ पटक अर्जी खारेज गरेपछि उनले हाईकोर्टमा आफ्नो अपील गरेकी थिइन् ।
एनसीबीले ड्रग्स केसमा उनलाई गत ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो ।
रियासँगै उनका भाई शोविक चक्रवर्ती र सुशान्तकी हाउस म्यानेजर स्याअल मिराण्डाको जमानत अर्जि आज हाईकोर्टले फैसला सुनाउन सक्ने बताइएको छ । एजेन्सी
२० असोज २०७७, मंगलवार १५:०८ बजे प्रकाशित













