punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यसचिवमा बैरागी नियुक्त अमेरिका र बेलायतको राजदुतमा क्रमशः खतिवडा र रेग्मी सिफारिस

Chaupati
safha napa

मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिए पछि सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साता अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिवमा नियुक्त भएका हुन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । आजै राजीनामा दिएका रेग्मीलाई भने बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।


१५ असोज २०७७, बिहीवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु